१३ वटा बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना(सूचिसहित)

  २०७४ साउन १० गते १५:४२     नारायण पौडेल

काठमाडौं । १३ वटा बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् । २०७५ असार मसान्तसम्म जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था अनुसार ९ निर्जिवन र ४ वटा जीवन बीमा कम्पनीले आफ्नो योजना बुझाएका हुन् । अधिकांश बीमा कम्पनीहरुले बोनस सेयर र हकप्रद सेयरबाटै तोकिएको पुँजी पुर्याउने योजना पेश गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भने अहिले नै २ अर्ब १६ करोड पुँजी पुगिसकेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बोनस र हकप्रद सेयरबाटै २०७५ असार मसान्तमा २ अर्ब ९ करोड पुँजी पुर्याउने योजना पेश गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ५५ करोड रहेको छ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीकले पनि बोनस र हकप्रदबाटै तोकिएको अवधीमा २ अर्ब पुँजी पुर्याउने विवरण बुझाएको छ । हाल सो कम्पनीको चुक्ता पुँजी ६२ करोड ५ लाख छ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले बोनस सेयरबाट मात्रै पुँजी पुर्याउने योजना बनाएको छ ।

जीवन बीमा कम्पनीहरुले पेश गरेको पुँजी वृद्धि योजना

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २०६९ सालदेखिको वासलात स्विकृत भएर नाफा र शेयरधनी कोष एकिन हुने र सोही बमोजिम चुक्ता पुँजी पुर्याउने बताएको छ । राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र मेट लाइफ एलिकोले भने अझै पुँजी वृद्धिको योजना पेश गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनीहरुले पेश गरेको पुँजी वृद्धि योजना

उता, निर्जीवन बीमा कम्पनी तर्फ एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लर प्रिमियर इन्स्योरेन्सले पुँजी वृद्धि योजना बीमा समितिलाई बुझाएका हुन् । अधिकांश निर्जीवन बीमा कम्पनीले पनि हकप्रद र बोनस सेयरबाटै पुँजी पुर्याउने योजना पेश गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.