हकप्रद र बोनसबाट एनबी इन्सुरेन्सले एक अर्ब पूँजी पुर्याउने

  २०७४ साउन १० गते १८:३४     विकासन्युज

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीले हकप्रद र बोनसबाट आगामी असार मसान्तसम्ममा एक अर्ब पूँजी पुर्याउने निर्णय गरेको छ । उक्त निर्णय असार ११ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो ।

बैंठकको निर्णय अनुसार इन्सुरेन्सले आर्थिक वर्ष २०७४/२०७५ को अन्तिमसम्ममा ८० प्रतिशत हकप्रद र ५ प्रतिशत बोनस सेयर वितरण गरेर कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने भएको छ ।

हाल इन्सुरेन्सको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालै जारी गर्दै रहेको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ हुने छ ।

उक्त पूँजीमा कम्पनीले फेरी ८० प्रतिशत(१०ः८०) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी ९७ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, हकप्रद पश्चात कायम हुने उक्त पूँजीमा कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले ४ करोड ८६ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । सो मात्राको बोनस वितरण पश्चात कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.