२०७४ साउन ११ गते ६:५८ विकासन्युज
काठमाडौं । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ ।
केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न हध्यागमन विभागले सबै प्रदेश र कर्पटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न पक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ ।
२०७५ असोजभित्र यो सुविधा सबै प्रदेशबाट उपलब्ध गराइने बताइएको छ ।
विभागका महानिर्देशक गंगाराम गेललका अनुसार आवश्यकता, औचित्य र सेवाग्राहीको चापका आधारमा प्रदेश अन्र्तगतका विभिन्न स्थानमा भिषा सेन्टर स्थापना गरिने छ । कारोबार दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.