२०७४ साउन ११ गते ७:१३ विकासन्युज
काठमाडौं । करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् ।
उनको अनियमितता पेट्रोल(डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमति लगायत निर्णयमा खुलेको छ ।
खड्काले शक्ति केन्द्रको आडमा एकपछि अर्को अनियमितता गर्दै जाने तर सरकारी निकाय मौन बसेर कारबाहीको दायरामा नल्याउँदा निगम भ्रष्टाचारको अखडा बनेको हो ।
निगमले भारतबाट इन्धन ल्याई उपभोक्तालाई भार पर्नेगरी मासिक आधा अर्ब रुपैयाँभन्दा बढी नाफा कमाइरहेको छ । त्यसैका आडमा शक्ति केन्द्रलाई रिझाएर खड्का र उच्च पदाधिकारीले बह्मलुट गरिहेका छन् । नागरिक दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.