२०७४ साउन १६ गते १२:३८ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । उक्त नाफा कम्पनीको चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो ।
यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ ।
नेप्सेमा सूचिकृत कम्पनीमा सेयर पुँजीको आधारमा टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा पनि यो सबैभन्दा ठूलो कम्पनी हो ।
नाफा राम्रो भए पनि यो कम्पनीको सेयर मूल्य कम छ । हाल प्रतिकित्ता ६७० रुपैयाँमा यस कम्पनीको सेयर किनबेच भईराखेको छ ।
कम्पनीले गत वर्षमा ४४ अर्ब ६८ करोडको सेवा बिक्री गरेको कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षमा ४९ अर्ब ५० करोडको सेवा बिक्री गर्ने लक्ष्य राखेको उनले बताईन् । यस आर्थिक वर्षमा कम्पनीले १६ अर्ब २९ करोड नाफा गर्ने लक्ष्य रहेको उनले बताइन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.