२०७४ साउन २१ गते ८:०८ विकासन्युज
काठमाडौं । प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन ।
खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन् ।
कतैकतै सरकारी निकायका भिआपीहरु हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ । आम सर्वसाधारण हिड्ने सडककको खाल्डाखुल्डी जस्ताको तस्तै छ ।
भीआईपीका आँखा पर्ने र सिहंदरबारबाट वरपरका खाल्डा मात्रै पुर्ने काम भएको छ । प्रधानमन्त्रीको निर्देशनले काठमाडौंका सीमीत मूल सडकको मात्रै सिमित खाल्डा पुरेको देखिएको छ भने बाँकी प्रगति भएको छैन । नागरिक दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.