२०७४ साउन २३ गते १८:१७ विकासन्युज
काठमाडौं । नेपालका लागि टाटा हिटाचीको अधिक्रित बिक्रेता सिप्रदि अर्थमुभर्स प्रालीले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ । सोमबार आयोजित एककार्यक्रममा सिप्रदि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउनेछ । उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर रह्विल इकुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोहि स्थानमा गएर मर्मत गर्नेछ ।
यो भ्यानले अहिलेलाई काठ्मान्डू भ्याली भित्र,धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ भने भबिष्यमा सो सेवालाई बिस्तार गर्दै देशका सम्पुर्ण भागहरुमा पुर्यार्इने कम्पनिको योजना रहेको छ । “उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ उक्त भ्यान सन्चालनमा ल्याइएको हो,”राजनबाबु श्रेष्ठले भने । यस अघि सिप्रदिले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सन्चालनमा ल्याइसकेको छ।
बिगत ३५ बर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सबैभन्दा ठुलो कम्पनी र सबैभन्दा बढि कर तिर्न सफल कम्पनी सिप्रदिले नेपालमा टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयर पार्ट्स, एक्साइड ब्याट्ट्रि, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटाहिटाचिका कन्सट्रक्सन इक्विप्मेन्टहरु बिक्रि गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.