२०७४ साउन २६ गते ६:४५ विकासन्युज
काठमाडौं । भारतबाट थप विद्युत् आयातको बाटो खुलेपछि यसपालीको हिउँदमा लोडसेडिङको संभावना टरेको छ । तीन दिनदेखि भारतको नयाँ दिल्लीमा जारी नेपाल भारत पावर एक्सचेन्ज कमिटि बैठकमा भारतबाट थप दुई प्रसारण लाइन हुँदै विद्युत् आयातको सहमति भएको हो ।
नेपाल भारतबीच रक्सौल परवानीपुर र कटैया कुशाहा १३२ केभी क्षमताको अन्तरदेशिय प्रसारण लाइन सुचारु गर्ने सहमति बैठकमा भएको छ ।
नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ ।
नेपाल भारत विद्युत आदान प्रदान समिति (पीईसी) को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम गरेको हो । भारतबाट थप विजुली आएपनि नेपालमा लोडसेसिङ नहुने र भातरीय विजुली पनि थप सस्तो हुने भएको छ । नयाँ पत्रिका दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.