२०७४ साउन २६ गते ७:१३ विकासन्युज
काठमाडौं । विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी असफल भएका बेला सरकारले लागु गरेको त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपी पनि असफल हुने चेतावनी शिक्षाविद्हरुले दिएका छन् ।
एएसडिपी संघीयताको भावनाविपरित आएकाले सफल हुन नसक्ने उनीहरुको भनाई छ ।
एएसआरपी ७।२ अर्ब खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याईएको छ ।
शिक्षा क्षत्रे सुधारका लागि सरकार र दातृ निकाले खर्बौ रुपैयाँ खर्च गरे पनि उपलब्धि शुन्य देखिएको छ ।
सन् २००९ देखि २०१५ सम्म विद्यालय क्षेत्र सुधार कार्यक्रम र अहिले विद्यालय क्षेत्र विकास कार्यक्रमका नाममा विश्व वैंकको सहयोगमा देशभरका विद्यालयमा सञ्चालन गरिरहका परियोजना प्रभावहिन देखिएका छन् । नागरिक दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.