रिलायन्स फाइनान्सले कमायो १० करोड नाफा

  २०७४ साउन २७ गते ९:३८     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सले गत आवमा १० करोड ९८ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा २ करोड ३३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड ६५ लाख रुपैयाँ थियो ।

यो फाइनान्सले गत आवसम्ममा ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको सीसीडी रेसियो ६७ दशमलव ७४ प्रतिशत छ ।

यो फाइनान्सको चुक्ता पुँजी ५१ करोड २५ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १६ करोड ९९ लाख रुपैयाँ छ । यो फाइनान्सको खराव कर्जा १ दशमवल ६५ प्रतिशत रहेको छ । यो फाइनान्सको प्रति सेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६१ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.