२०७४ साउन ३० गते ९:४० विकासन्युज
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा ४१ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
यो बीमा कम्पनीले यस वर्षको बीमांकीय मूल्यांकन भने गर्ने बाँकी रहेको र सो पश्चात हुने नाफा पनि यसमा जोडिने भएको जानकारी दिएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष भने ९० करोड ६६ लाख नाफा गरेको थियो ।
यो नाफा विमांकिय मूल्यांकन पश्चात प्राप्त भएको ५७ करोड ८९ लाख रुपैयाँको नाफासमेत जोडेर राखिएको अन्तिम तथ्यांक भएको पनि यो बीमा कम्पनीले जानकारी दिएको छ ।
यो बीमा कम्पनीको गत आवसम्ममा ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यसले जगेडा कोषमा ४ अर्ब ७४ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले बीमाशुल्क मार्फत १२ अर्ब रुपैयाँ संकलन गरेको छ । यसले अभिकर्ता कमिशनमा १ अर्ब २२ करोड खर्च गरेको छ ।
यो बीमा कम्पनीको बीमालेख संख्या १० लाख रहेको छ ।
यसले बीमाशुल्क मार्फत गत आवसम्ममा ५२ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ भने गत आवमा मात्रै १२ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.