पुननिर्माण प्राधिकरणले माग्यो ११ सय इन्जिनियर, १५ दिनभित्र निवेदन दिनुपर्ने

  २०७४ साउन ३१ गते ११:०२     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा भौतिक संरचना निर्माणका लागि १ हजार १०१ प्राविधिक मागेको छ ।

भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लामा भवन र अन्य संरचनाको पुननिर्माणको काम गर्न प्राधिकरणले करारमा इन्जिनियर मागेको हो । राजपत्र अंकित तृतिय श्रेणीका लागि सिभिल इन्जिनियर वा विल्डिङ एन्ड आर्कटेक्टमा स्नातक तह उत्तिर्ण गरेका ३७२, सव–इन्जिनियर प्रविणता प्रमाणतह उतिर्ण गरेका ३९१ र सिभिल इन्जिनियरिङ विषयमा प्राविधिक वा एसएलसी सरह उतिर्ण गरेका ३३६ जना प्राविधिक मागेको छ ।

तलव सुविधा सरकारको प्रचलित बमोजिम रहने र कार्यसम्पादनका आधारमा ५० प्रतिशत र भौगलिक क्षेत्रका आधारमा २५ प्रतिशतसम्म थप गर्न सकिने प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न प्राधिकरणले भनेको छ ।

प्राधिकरणका अनुसार भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, नुवाकोट, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, रसुवा, रामेछाप, धादिङ, भुक्तपुर, ओखलढुङा, काठमाडौ, ललितपुर, भक्तपुरमा खटाउने तयारी गरेको छ ।

यस्तै छनौट हुने प्राविधिकले मकवानुपर, लम्जुङ, अर्घाखाँची, नवलपरासी, बाग्लुङ, म्याग्दी, भोजपुर, धनकुटा, कास्की, पर्वत, स्याङजा, खोटाङ, तनहुँ, चितवन, सोलुखुम्बु, गुल्मी र पाल्पा रहेका छन् ।

प्राविधिकको अभाव भएपछि घर लगायत अन्य सार्वजनिक भवनको पुननिर्माण हुन नसकेपछि प्राधिकरणले ठुलो संख्यामा इन्जिनियर नियुक्त गर्न लागेको हो । लिखित र अन्तरवार्ता दुबै हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.