बाढीपीडितका लागि प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट ५० करोड निकासा

  २०७४ साउन ३२ गते १७:०४     विकासन्युज

काठमाडौं । सरकारले बाढीपीडितको उद्दार, राहत र क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले विपदका निम्ती सञ्चित रहेको प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट सो रकम निकासा गरेको हो ।

बुधबार बसेको प्रधानमन्त्री दैवी कोष उद्धार कोष सञ्चाल समितिको बैठकले गत विहिबारदेखि अविरल वर्षाका कारण आएको बाढीका कारण पीडित लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको मौज्दात रकम एक अर्ब मध्ये ५० करोड रुपैयाँ गृह मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा निकासा गर्ने निर्णय भएको छ ।

समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा विभिन्न वाणिज्य बैंकहरुमा रहेको ५० लाख भन्दा कम मौज्दात भएमा बैंकको खाता अन्यमा सारी यस्ता खाता बन्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.