२०७४ भदौ २ गते १६:२२ विकासन्युज
काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली ग्यास बुलेट सञ्चालन अनुमति दिलाउने सन्दर्भलाई प्रमुख एजेण्डका रुपमा प्रस्तुत गर्न व्यवस्थापिका सांसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले एक महिनाभित्र नेपाली ग्यास बुलेट सञ्चालन अनुमति लिने गरी भारतसँग कुटनीतिकरुपमा निकास खोज्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले नेपाली ग्यास बुलेट निकै गम्भिर विषय भएकाले उच्चस्तरिय भ्रमणमा सो कुरा एजेण्डाका रुपमा प्रस्ताव गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामीले यसअघि पनि विभिन्न चरणमा तथ्य सहित प्रस्तुत भएर भारतसँग नेपाली व्यवसायीका एलपिजी बुलेट सञ्चालन अनुमति दिलाउन प्रयास गरिरहेका छौं । भारतसँग हाम्रो विषयवस्तु व्यापक भएकाले तत्काल समाधान हुन्छ भन्ने छैन,’उनले भने, ‘अबको भारतभ्रमणमा पनि ३०/३५ वटा एजेण्डा आएका छन् । त्यसमध्ये नेपाली ग्यास बुलेट सञ्चालन बारे पनि प्रस्तुत गरिनेछ ।’
बैरागीले भारतिय राजदुतसँगपनि यस विषयमा छलफल भइसकेको बताए । राजदुतले सुरक्षाको विषयलाई आधार बनाएर सञ्चालन अनुमति नपाएको जस्तो संकेत गरेको उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.