२०७४ भदौ १६ गते १८:१३ विकासन्युज
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १८ औं साधारणसभाले पुष्पराज आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।
सो सभाबाट सेजनको उपाध्यक्षमा प्रभात भट्टराई, महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली र कोषाध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमितिको सदस्यमा एलिजा उप्रेती, हिमाल पौडेल, सागर घिमिरे, कृष्ण रिजाल र शिव बोहरा चयन भएका छन् ।
यसअघि अध्यक्षमा निर्वाचित आचार्य सेजनका उपाध्यक्ष थिए । महासचिव गौतम कोषाध्यक्ष थिए । सचिव ओली र कोषाध्यक्ष भट्टराई कार्यसमितिका सदस्य थिए ।
निर्वाचित भएपछि सम्बोधन गर्दै आचार्यले सेजन सबैको सामुहिक संस्था भएकाले सबै समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.