२०७४ भदौ २० गते १८:१४ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकोे बाढी प्रभावित क्षेत्रमा पीिडतलाई आर्थिक सहयोग गरेको छ । बैंकले ११ लाख रुपैयाँ सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरेको छ ।
यसैको निरन्तरता स्वरूप बाढी पिडितहरुको उद्दार तथा राहतको उदेश्यले सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले महोतरीकाे मटीहानीका बाढी पीडितहरुलाई ५ लाख रूपैयाँ बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गरेका छन् ।
बैंकले ५ सय परिवारलाई १ हजार बराबरको त्रीपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा राहत वितरण कार्यक्रम गरेको थियो । यस अघि पनि बैंकले भूकम्पका पीडितलाई १ करोड सो कोषमा प्रदान गरेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, खेलकुद, शिक्षालगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने देवकोटाले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.