२०७४ भदौ २२ गते ११:०३ विकासन्युज
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि पेट्रोलियम पदार्थको भाउ नबढ्ने भएको छ । नेपाल आयल निगमले दसैं, तिहार र छठ अवधीभर अन्तराष्ट्रिय बजारमा भाउ बढेपनि नेपालमा नबढाउने जानकारी दिएको छ ।
चाडपर्वमा उपभोक्तालाई राहत होस् भन्ने उद्येश्यले पेट्रोलियमको भाउ नबढाएको नेपाल आयल निगमले जानकारी दिएको छ । अघिल्लो महिनाको बिलमा भारतीय आयल निगमले पेट्रोलियमको भाउ बढाएको जानकारी दिएको छ ।
आगामी छठसम्म तेलको भाउ नबढाउने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । ‘आन्तराष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढ्दा निगमलाई प्रभाव पर्छ’,उनले भने, ‘तर अहिले दसैं, तिहारमा भाउ बढाउँदा उपभोक्ता मारमा पर्छन् । अब छठपछि मूल्य समायोजन गर्छौं ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.