मेयरका सय दिन: दोहोरियो मोनोरेल र सिटी केबलकारको प्रतिबद्धता

  २०७४ भदौ २२ गते १८:५७     विकासन्युज

काठमाडौं । विद्यासुन्दर शाक्य नेतृत्वको काठमाडौं महानगरपालिकाको बीहिवार सय दिन पुरा भएको छ । नतिजा देखिने गरी केही काम हुन नसकेको व्यापक आलोचनाका बीच मेयर शाक्यले सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

हावामा उडाइएको मनोरेल, मेट्रोरेल र सिटी केबलकार सञ्चालनमा ल्याउने कुरा उपलब्धीमा जोड्दै उनले फेरी दोहोर्‍याएका छन् । मोनोरेल, मेट्रोरेल र सिटी केबलकार ल्याउने प्रतिबद्धता दोहोर्‍याउदै उनले ती आउनु अगाडी सार्वजनिक यातायातमा सुधार ल्याउन साझा यातायात र महानगर यातायातमा बस थपेको बताएका छन् ।

चुनाव प्रचारका क्रममा शाक्यले निर्वाचित भएको दिनदेखि सय दिनसम्म जनताको घरदैलोमा गएर जनताका १ सय १ काम गर्ने प्रतिबद्धता गरेका थिए । उनले तिनै प्रतिबद्धताहरुलाई समेटेर प्रगती तयार पारेका छन् ।

१) महानगरपालिका सफा गर्ने अभियान अनुरुप ‘क्लिन द सिटी’ कार्यक्रम अन्तर्गत १०९५ मेट्रिक टन फोहोर संकलन गरी अन्तिम व्यवस्थापन गरिएको छ ।

२) ‘ग्रिन द सिटी’ अन्तर्गत १८०३ वटा वृक्षरोपण गरिएको छ ।

३) उज्यालो अभियान अन्तर्गत ३२ वटा वडामा १७७६ थान सोलार बत्ती जडान गरी करिब ६९३ किलोवाट विद्युत किफायत भएको ।

४) ८८ वर्षिया चार सय ८९ जेष्ठ नागरिकहरुलाई १२ हजार महानगर विशेष भत्ता र निशु:ल्क स्वास्थ्य परीक्षण गरियो।

५) पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई वार्षिक तीन हजार रुपैयाँ उपलब्ध गराएको । भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन ३, ७ र १५ वडामा र्‍याम्प निर्माण गरिएको ।

६) स्मार्ट सिटी अवधारणा अनुसार धर्मपथ र टेकुमा डिजिटल कार पार्किङ र भर्टिकल कार पार्किङ निर्माण प्रकृया अघि बढाइएको ।

७) बालाजु, रत्नपार्क र बसन्तपुरलाई फ्रि वाइफाइ जोन बनाएको ।

८) दैनिक फोहोरबाट तीन मेट्रिक टन फोहोरबाट १४ किलोवाट बिजुली उत्पादन सुरु गरिएको ।

९) साझा यातायातको संख्या वृद्धि गरी महानगर भित्र सार्वजनिक यातायात सहज बनाउने कामको थालनी गरिएको । पाँच करोड लगानीबाट थाप २० वटा ठुला बस थपिदैँ ।

१०) भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन वडा कार्यालयहरुमा हल्प डेक्स स्थापना र सिसिटिभी जडान गरिएको ।

११) भवन निर्माण प्रणाली सुधार गर्न इबीपीएस विथ डिजिटल सिग्नेचर लागू गर्ने अन्तिम चरण

१२) बाढी, पहिरो र डुवानप्रभावित व्यक्तिहरुमा ३९ लाख रुपैयाँ सहयोग । सामाखुशीको नालामा परी घाइते भएकी सत्या सापकोटालाई एक लाख रुपैयाँको बीमा र तारकेश्वरमा बाढीमा परी दिवंगत विनिता फूँयालको परिवारजनलाई २५ हजार सहयोग गरिएको ।

१३)२९८ जनालाई सीपमूलक तालिम र सुकुम्बासी बस्तिमा ९० दिनको साक्षरता कक्षा सञ्चालन गरिएको ।

१४) बागदरबार भवन पूर्ण क्षतिग्रस्त भएकाले पुन निर्माण गर्ने निर्णय गरी सूचना प्रकाशित गरेको ।

१५) महानगरभित्र ८४ स्थानमा ढल निर्माण, १५०७ स्थानमा मर्मत ।

१६) ६ वटा स्थानमा नयाँ उद्यान निर्माण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.