सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने
२०७४ भदौ २८ गते १९:०९ विकासन्युज
काठमाडौं । सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको बुधबार सम्पन्न २४६ औं सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ ।