२०७४ असोज ६ गते १३:०५ विकासन्युज
काठमाडौं । नेपाल एसबीआई बैंकले ‘सेभ टुढे फर बेटर टुमरो’ नामक प्रिमियम बचत खाता योजना ल्याएको छ । बैंकले धैरै पैसा जम्मा गर्ने ग्राहकलाई लक्षित गरी यस योजना ल्याएको हो ।
उक्त योजना अन्तर्गत ग्राहकले लकर सुबिधामा ५० प्रतिशत छुट समेत पाउने छन् । साथै, ग्राहकले रेमिटन्यास चार्जमा ५० प्रतिशत छुट र रियल टाइम ग्रस सेटलमेन्टमा कमिसन पाउने बैंकले जनाएको छ ।
त्यस्तै, भरत यात्रा कार्ड(बिवाईसी) कार्डमा पनि बैंकले तोकेको मूल्यमा ५० प्रतिशत छुट दिने भएको छ ।
त्यसैगरी, ग्राहकले बैंकको नेपाल एसबीआई भिसा डेबिट कार्ड र डिम्याट खाता पनि नि:शुल्क खोल्न सक्नेछन् । यसका साथै बैंकले ग्राहकलाई आकर्षक रेटमा ब्याज दिने बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.