भारतमा सोलार प्रविधिको बिजुली सस्तियो, प्रतियुनिट २.६४ भारु

  २०७४ असोज १९ गते १२:२७     विकासन्युज

नयाँदिल्ली । भारतमा वायु उर्जा शक्तिको मूल्यमा गिरावट आएको छ ।
सरकार स्वामित्वको सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया (एसईसीआई) ले गरेको प्रतिस्पर्धामा प्रतियुनिट २.६४ भारुमा सोलार कम्पनीले बिजुली बिक्री गर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार बिहान प्रतिस्पर्धा गर्दा सोलारको बिजुलीको भाउ सस्तो हुन पुगेको हो । यो हालसम्म कै सर्वाधिक सस्तो मूल्य रहेको लाइभमिन्ट अनलाइनले जानकारी दिएको छ ।

रिन्यु पावर भेन्चर्स प्रालि र अरेन्ज सिरोन्ज वाइन्ड पावरले प्रतियुनिट २.६४ भारुमा २५० मेगावाट बिजुली बेच्ने सम्झौता गरेका छन् । यस्तै भारतकै वाइन्ड इन्फास्टक्चर सर्भिसेज लिमिटेड र ग्रीन इन्फ्रा इनर्जी लिमिटेडले प्रतियुनिट २.६५ भारुमा २५० मेगावाट बिजुली बेच्ने प्रस्ताव गरेका थिए । यसैगरी आदनी ग्रीन इन्र्जी लिमिटेडले पनि ५० मेगावाट बिजुली प्रतियुनिट २.६५ भारुमा बेच्न प्रस्ताव गरेको थियो ।

यो मुल्य औसत भन्दा धेरै कम भएको छ । कोइलाबाट बिजुली उत्पादन गर्दे आएको एनटीपीसी लिमिटेडले प्रतियुनिट ३.२० पैसा भारुमा बिजुली बेच्ने प्रस्ताव गरेको थियो । सोलार मोडलस्लको मूल्य ८० र टर्वाइनको मूल्य २० प्रतिशत घटेपछि लागत सस्तो पर्न गई सोलारबाट उत्पादन हुने ऊर्जाको मूल्य घटेको लाइभमिन्टले उल्लेख गरेको छ ।

भारतले २०२२ को अन्त्यमा १ लाख ७५ हजार मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । भारतले ६० हजार मेगावाट वायु उर्जा उत्पादन गरेको छ ।

विन्ड इन्डिपेन्डेन्ट पावर प्रस्युडर्स एसोसीएसनको अनुसार उर्जा खरिदमा राज्यले महशुलको चाप बढाएको छ । लबी ग्रुपको अनुसार यो मुद्दाले नदेखिएको सम्पत्ति एनपीएसले २० हजार करोड भारतीय उर्जा क्षेत्रमा भारतीय बैंक कोष प्रोजेक्टको लागि सम्बन्धित निकायले उल्यख्य चासो नदिएको हुनाले रोकेको छ ।

यो लक्ष्य प्राप्तिको लागि नविकरणीय उर्जामन्त्री राजकुमार सिंहले २० हजार मेगावाट उर्जा उत्पादन गर्ने र सोलार पावरको ठेक्का भने डीसेम्बरसम्मा स्थिगित गर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.