तिहार अगावै कारोबार सुरु गर्ने तीन वटा जीवन बीमा कम्पनीको तयारी

  २०७४ असोज २० गते १८:२८     विकासन्युज

काठमाडौं । तिहार अगावै तीन वटा जीवन बीमा कम्पनीले कारोबार आरम्भ गर्ने भएका छन् ।

बीमा समितिबाट लाइसेन्स लिएका स्टार लाइफ( नाम परिवर्तन गरि प्रभु इन्स्योरेन्स), सिटिजन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्न लागेका हुन् ।

यस अघि नै युनियन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले कारोबार आरम्भ गरिसकेका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट स्टार लाइफले धन्तेरासका दिन देखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ । त्यस्तै, सिटिजन लाइफले लक्ष्मी पुजाका दिनदेखि कारोबार आरम्भ गर्ने अनुमति मागेको छ भने सानिमा लाइफले पनि तिहार अगावै कारोबार आरम्भ गर्ने भनेको छ ।

‘तीन वटा कम्पनीले तिहार अगावै कारोबार आरम्भ गर्ने भनेर अनुमति मागेका छन, हामी ती कम्पनीहरुको पुर्वाधार, जनशक्ति, प्रबिधी र बीमा पोलिसीको अध्ययन गरिरहेका छौं’, बीमा समितिका एक उच्च अधिकारीले भने ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदिपजंग पाण्डे, बिरेन्द्र बहादुर बस्नेत, कैलाश प्रसाद सिरोहिया, विकास जबरा, सुधिरबाबु खत्री, आङ छिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, ताराचन्द खेतान, पशुपति मुरारका र रामेश्वर थापाको लगानी छ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा भवानी भक्त जोशी, भाइकाजी श्रेष्ठ, सुदर्शनराज पाण्डे, शेरबहादुर पाण्डे, नरेश बहादुर मल्ल, नेपाल सेयर मार्केट्स र देवी प्रकाश भट्टचनको लगानी रहेको छ । सानिमा लाइफमा भने बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र बिरेन्द्र प्रसाद महतोको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.