२०७४ असोज २० गते २०:२८ विकासन्युज
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले आसन्न निर्वाचनमा पार्टी उम्मेदवार छनौटको मापदण्ड बनाउँदै उम्मेदवारको अन्तिम छनौट गर्ने अधिकार पाटी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
कांग्रेसले हाल व्यवस्थापिका संसदको समानुपातिक निर्वाचन प्रणालीबाट सभासद्/सांसद बनेका व्यक्तिहरुलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अपबाद वाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नबनाउने निर्णय गरेको छ ।
त्यस्तै, स्थानीय तहको निर्वाचनमा महानगर÷उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार वनेका व्यक्तिहरुलाई प्रदेश सभा तथा प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
कांग्रेसले २०७० को आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुलाई प्रदेश सभा र प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय गरेको छ ।
पुनसंरचित ठूलो भूगोल सहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही असोज २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने निर्णय गरेको छ । उम्मेदवार चयन गर्न बरिष्ठ नेता लगायत साथीहरुसँग आवश्यक परामर्श गरि संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको छ ।
गठबन्धनको आलोचना
संविधान कार्यान्वयन, रािष्ट्रय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई संमृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दापनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्ने तर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रुपमा धु्रवीकरण तर्फ धकेलेको कांग्रेसको ठहर छ । लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजनागर्दै आम जनताको पहुँचमा पु¥याउने सोचलाई सहित एमाले माओवादीले निर्वाचनमा तालमेल गरेको कांग्रेसको आरोप छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.