२०७४ असोज २७ गते १६:३७ विकासन्युज
काठमाडौं । सरकारले निर्माण व्यवसायी सरदकुमार गौचनलाई सहिद घोषणा गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सरकारले राजधानीको बानेश्वरमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सहिद घोषणा गरेको हो ।
मन्त्रिपरिषदको बैठकले गौचनलाई शहीद घोषणा गरेको वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
गत सोमबार अज्ञात समुहले काठमाडौंको बानेश्वरमा गौचनको गोली हानी हत्या गरेको थियो । नेपाल निर्माण व्यवसायी महासंघले गौचनलाई सहिद घोषणा गर्न माग गरेको थियो ।
हत्यारा पत्ता नलागेसम्म निर्माण व्यवसायीले सरकारी बोलपत्रमा भाग नलिने निर्णय समेत गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.