माथिल्लो अरुण जलविद्युत आयोजनाको काम अघि बढाउन परामर्शदाताको छनौट हुदै

  २०७४ असोज २९ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनाको कामा अघि बढाउने भएको छ । आयोजनाले वातावरण र सामाजीक प्रभावको असर आँकलन, सञ्चयमान असर र सामाजीक अध्ययन ५ वटा परामर्शदाता कम्पनी छनौट गरेको छ ।

बोलपत्रमा यी कम्पनीले भाग लिन पाउने छन् । माथिल्लो अरुणको अतिरित्त इखुवा खोला जलविद्युत आयोजना वातावरणीय र सामाजिक प्रभावको मुल्याङ्कन गर्नेछ ।

आयोजनाको लागि छानिएका परामर्शदातामा अर्टेलीया इएयु एण्ड इन्भाइरोन्मेन्ट फ्रान्स, इएलसी इलेक्ट्रो–कन्सल्ट एसपीए, इटाली, इन्भाइरोन्मेन्टल रिसोर्सेस म्यानेजमेन्ट (इआरएम) अमेरिका, मोट् म्याकडोनाल्ड लिमिटेड वेलायत तथा नेपाल इन्भाइरोन्मेन्टल एण्ड साइन्टिफीक सर्भिसेस प्राली र जेभी अफ मल्टि कन्सल्ट एएसए, नर्वे जसको लीड पार्टनर डेल्टरर्स, नेदरल्याण्ड(जेभी पर्टनर्स) एण्ड टेट्राटेक, क्यालिफोर्नीया(जेभी) पर्टनर्ड इन एसोसीएसन विथ हाइड्रो कन्सल्ट इन्जिनीयरिङ रहेका छन् ।

विद्युत प्राधिकरणले ३ सय ३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न कम्पनी दर्ता गरेको छ । आफ्नो शतप्रतिशत स्वँपुजी (इक्विटी) रहने गरी कम्पनी दर्ता गरेको हो ।

सहायक कम्पनीको रुपमा ‘अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी’ कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको प्राधिकरणले जानकारी दिएको छ । सस्तो तथा आकर्षक मानिएको आयोजना यसअघि मन्त्रिपरिषदले प्राधिकरणमार्फत बनाउने निर्णय गरेको थियो । प्राधिकरण सञ्चालक समितिले पनि कम्पनी दर्ता स्वीकृत गरेको थियो ।

प्राधिकरणले सन् १९९१ मा सम्भाव्यता अध्ययन गरेको आयोजनाको लागत ५३ करोड ४० लाख अमेरिकी डलर अनुमान गरिएको छ । यस्तै, आयोजनाको प्रतियुनिट लागत २.७४ रुपैयाँमात्र पर्ने अध्ययनले देखाएको छ ।

आयोजनामा स्थानीयलाई सेयर दिने व्यवस्था गरिएको छैन । तर, यसको सट्टा प्राधिकरणले ३० मेगावाटको इंखुवाखोला निर्माण गरिदिने भएको छ ।

अहिले यसको अध्ययन अघि बढाइएको छ । ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा बनाउने योजना छ । आयोजनालाई विश्व बैंकले सहयोग गर्ने समझदारी भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.