२०७४ असोज ३० गते १३:०९ विकासन्युज
काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले करोडपति बन्ने योजना ल्याएको छ ।
जीवन बीमा कारोबार सुरु गरेको दिन रिलायवलले मासिक ८ हजार ८१७ रुपैयाँ बीमा शुल्क भुक्तानी योजना ल्याएको हो । आगामी ४० वर्षपछि १ करोड रुपैयाँ फिर्ता दिने कम्पनीले जनाएको छ ।
“हामी सबै बन्न सक्छौ करोडपति मात्र चाहिन्छ इच्छाशक्ति” नाराका साथ ल्याएको रिलायवल धनपति जीवन बीमा योजनाले सानो बचतबाट करोडपति बन्न सकिने छ ।
यस योजनामा बिमितले न्युनतम ५ लाख रुपैयाँदेखि माथि जतिसुकै परिपक्वता मूल्य छनौट गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.