२०७४ कार्तिक १५ गते १७:२८ विकासन्युज
काठमाडौं । के तपाई गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कलमै गाडी मर्मत टोली गाडी बिग्रेकै स्थानमा आइपुग्ने छन् ।
अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवा सँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी बिग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् ।
कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्य (कन्ट्रि हेड महिन्द्रा एण्ड महिन्द्रा) तपश पट्टनाएक (कन्ट्री म्यानेजर महिन्द्रा एण्ड महिन्द्रा) ले मोबाइल भ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुरु गरेका थिए ।
बालाजू अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मतगर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र लागु गरिएको छ भने भविष्यमा क्रमशः नेपाल अधिराज्य भरका प्रमुख सहरहरुबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
बालाजु अटोवर्कका सर्भिस हेड शिब सुदन श्रेष्ठले बिक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित बालाजु अटोवर्कका दक्षप्राविधिकहरुले मोबाइल सर्भिस भ्यान/मोबाइल वाईक मार्फत् छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.