२०७४ कार्तिक २१ गते १७:४६ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई सामूहिक जमानिमा ३ लाख रुपैयाँ निर्ब्याजी कर्जा उलपब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई मंगलबार निर्देशन जारी गरी भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानिमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बमोजिम काम गर्न भनेको छ ।
निब्र्याजी कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाले ऋणीसंग शुल्क लिन नपाउने, ऋणीले कर्जा सुरक्षा निगमबाट सुरक्षण गरेको हुनुपर्ने, निब्र्याजी कर्जाको भुत्तानी अवधि न्युनतम ३ वर्षदेखि ५ वर्षसम्म मात्र हुने राष्ट्र बैंकले जनाएको छ ।
भूकम्प पीडितलाई दिने निब्र्याजी कर्जालाई बैंक तथा वित्तीय संस्थाले विपन्नमा गणना गर्न पाउने व्यवस्था गरेको छ । कर्जाको लागतमा २ प्रतिशत थप गरी ब्याज दर कायम गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ । मन्त्रिपरिषदले गत बैशाख २९ गते कार्यविधि स्वीकृत गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.