एनबी इन्स्योरेन्स बन्यो आइएमई जनरल, रि-ब्राण्डिङ र आक्रामक बजार विस्तारको योजना

  २०७४ मंसिर ७ गते १७:१७     विकासन्युज

काठमाडौं । एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्स कम्पनी बनेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत एनबीले आइएमई जनरल इन्स्योरेन्स कम्पनीका नामबाट कारोबार आरम्भ गरिएको घोषणा गरेको हो ।

 

‘आजबाट एनबी इन्स्योरेन्सले विधिवत रुपले आइमएइ जनरल इन्स्योरेन्सका नामबाट कारोबार आरम्भ गरेको छ, तीन महिनासम्म रि-ब्राण्डिङ र आक्रामक बजार विस्तार गर्नेछौं’, आइमएइ समूहका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले भने ।

५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले ८० प्रतिशत हकप्रद जारी गरेर चालु आर्थिक बर्षमै ९५ करोड २० लाख चुक्ता पुँजी पुर्याउने र थप ५ प्रतिशत बोनस सेयर दिने योजना बनाएको छ ।

कम्पनीले असोज मसान्तसम्ममा २२ करोड प्रीमियम संकलन गरेर २ करोड ५५ लाख नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा २२ करोड रुपैंयाँ रहेको छ ।

कम्पनीले १८ वटा नयाँ शाखा थप्ने योजना अघि सारेको छ । हाल कम्पनीले २५ शाखा र १० वटा सेवा काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । १६६ जना कर्मचारीको संख्यालाई पनि बढाएर २५० जना पुर्याउने योजना बनाएको छ । १ अर्ब २० करोड प्रिमियम संकलन गरेर २० करोड नाफा कमाउने योजना अनुसार कम्पनीले बजारीकरण गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.