२०७४ मंसिर १३ गते १५:५८ विकासन्युज
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २२ गते देखि औपचारिक रुपमा कारोबार आरम्भ गर्ने भएको छ । कम्पनीले तिहार अगावैदेखि सेवा भने सञ्चालन गर्दै आएको थियो । मंसिर २२ गतेका दिन देखि कम्पनीले कार्यालय उद्घाटन गर्दै औपचारिक रुपमा सेवा आरम्भ गर्न लागेको हो ।
सनिमा बैंकमा एनआरएनहरुको लगानी रहेको छ । यसका लगानी कर्ताहरुमा बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र डा. बिरेन्द्र प्रसाद महतो लगायतको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा अरुण कुमार ओझा रहेका छन भने प्रमुख कार्यकारी अधिकृतका रुपमा केशब राज जोशीले काम गरिरहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.