रक्सीमाथि प्रतिबन्ध, किनबेच गर्नेलाई कडा कारबाही

  २०७४ मंसिर १७ गते १०:२४     विकासन्युज

पर्सा । स्थानीय प्रशासनले पर्सा जिल्लामा मदिरामा प्रतिबन्ध लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण बनाउन मदिरामा प्रतिबन्ध लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले चुनावसम्म जिल्लामा रक्सीको उत्पादन, ढुवानी, तथा उपभोगमाथी रोक लगाएको छ ।

मदिरा सेवनबाट चुनावमा पर्नसक्ने प्रभाव र रक्सीको आधारमा हुने मत किनबेचलाई रोक्न यस्तो नर्णय गरेको उनले जानकारी दिए । नियम विपरित जाने जोकोहीविरुद्ध कडा कारबाही गर्ने सहायक सीडिओ पौडेलले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.