२०७४ मंसिर १९ गते १४:४० विकासन्युज
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेवसाइट सार्वजनिक गरेको छ । डाइनामिक भर्सनमा स्तर वृद्धि गरिएको यस वेवसाइटलाई जुनसुकै स्मार्ट फोनबाट सजिलै प्रयोग गर्न सकिने छ ।
यस वेवसाइटमा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ । अनलाइन आस्बा, डिम्याट, केवाइसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता आकर्षणहरु रहेको योे वेबसाइट अत्यन्तै ग्राहकमुखी रहेको छ । जसमार्फत सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
यस नयाँ वेबसाइटको सार्वजनिक गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.