प्रथम महिला मुख्य मन्त्रीको इतिहास लेख्दै अष्टलक्ष्मी शाक्य

  २०७४ मंसिर २७ गते १२:४९     विकासन्युज

काठमाडौं । रणनीतिक महत्वको ३ नम्बरको मुख्य मन्त्री पद यतिबेला सर्वाधिक चर्चाको बिषय बनेको छ । यो प्रदेशमा कुल ६४ सदस्य छन् । जसमा एमालेले एक्लै ४३ सिट जितेको छ भने माओवादीको १४, काँग्रेसको ६ र नयाँ शक्ति पार्टी नेपालको १ सिट रहेको छ । प्रदेश नम्बर ३ मा एमालेले एक्लै सरकार बनाउन सक्ने नजिता निकालेको छ । तर बाम गठबन्धनका कारण संयुक्त सरकार निर्माण हुनेछ । स्वभाविक रुपमा ३ नम्बर प्रदेशको मुख्य मन्त्री नेकपा(एमाले)ले नै पाउनेछ ।

एमालेबाट पार्टी उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौँलागाई, अरुण नेपाल, राजेन्द्र पाण्डेले मुख्य मन्त्रीको दावी गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशब स्थापित पनि मुख्य मन्त्रीको दौडमा थपिएका छन् । यीनै पाँच जनामध्ये एक जनाले प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको बागडोर सम्हाल्ने निश्चित जस्तै देखिन्छ । यीमध्ये शाक्य, चौँलागाई, नेपाल र पाण्डे एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर हुन । स्थापित भने बामदेव गौतम पक्षधर हुन् । स्थापितले आफुलाई केपी ओलीको समेत समर्थन रहेको बताउँदै आएका छन् ।

बरिष्ठताका आधारमा अष्ट लक्ष्मी शाक्यले नै मुख्य मन्त्री बन्ने सम्भावना रहेको एमाले नेताहरुले नै बताउँदै आएका छन् । ३ नम्बर प्रदेशको मुख्य मन्त्री को बन्छन भन्ने प्रश्नको जवाफमा एमालेका एक नेताले भने–‘अष्ट लक्ष्मी शाक्य बाहेक को होला र ? बरिष्ठताका आधारमा पनि उहाँको विकल्प छैन, महिला मुख्य मन्त्री बनाएर इतिहास पनि लेख्ने कुरा छ ।’

अष्टलाई मुख्य मन्त्री बनाउने निर्णय गर्दा चौँलागाई, नेपाल र पाण्डेले बिरोध नगर्ने बताइन्छ । तर शाक्यलाई छाडेर चौँलागाई, नेपाल वा पाण्डेमध्ये एक जनालाई मुख्य मन्त्री बनाउन थाल्दा अन्यले अस्विकार गर्ने अवस्था देखिन्छ । त्यस्तो अवस्थामा सबैका लागि साझा उम्मेदवारका रुपमा अष्टलक्ष्मी शाक्यले प्रदेश नम्बर ३ को मुख्य मन्त्री बन्ने अवसर प्राप्त गर्नेछिन् ।

उनलाई पहिलो महिला मुख्य मन्त्री बनाएर नयाँ इतिहास लेखाउने तयारीमा पनि एमाले लागिपरेको नेताहरुले नै बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.