२०७४ पुष १६ गते ९:०५ विकासन्युज
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) आइतबारदेखि बिक्री खुला हुने भएको छ ।
कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । न्युनतम् १० देखि २ हजार २९० कित्तासम्म एफपीओ भर्न सकिने छ ।
कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ ।
एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ । एफपीओ निष्कासन छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म तोकिएको छ । कम्पनीको सेयर देशभर ३८ स्थानबाट भर्न पाइने व्यवस्था गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.