२०७४ पुष २१ गते १७:४८ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफा तथा संचित रकमबाट ९५ करोड ५६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव बैंकको बिहीबार सम्पन्न बैंकको २८५औं सञ्चालक समितिको बैठकले गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रस्तावित १४ प्रतिशत बोनस र यस अघिनै स्वीकृत भई जारी गर्ने क्रममा रहेको १० प्रतिशत हकप्रद सेयर पश्चात बैंकको पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०५ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप ८२ अर्ब १५ करोड रुपैयाँ र कर्जा लगानी ७३ अर्ब ८० करोड रुपैयाँ परिचालन गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.