२०७४ माघ ९ गते ९:०८ विकासन्युज
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा फागुन ३ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत अर्थात १२ करोड ८० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भई ६४ करोड ४ लाख रुपैयाँ पुग्नेछ । यस्तै ख वर्गबाट २, र ग वर्गबाट २ गरी ४ जना सञ्चालकको निर्वाचन हुने कार्यक्रम छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.