२०७४ माघ ११ गते १७:२७ विकासन्युज
काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पुर्वाधार विकाश गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्वीकृति प्रदान गरेको छ । आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसुले नोकियासँग गुणस्तरीय प्रडक्टको लागि हातेमालो गरेको छ ।
एफटीटीएच इमजिङ ब्रोडब्याण्ड टेक्नोलोजि हो । सुबिसु केबलनेटले ग्राहकहरुलाई उच्चस्तरीय सर्पोट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ ।
सुबिसुले ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदानगर्नको लागि देशभरी नै अप्टिकल फाइबर नेटवोर्क विस्तार गरीरहेको छ । भैगोलिक बनावट, राजनैतिक अस्थिरता, विज्ञहरुको कमी र नयाँ प्रविधिको लागि चाहिने पुँजीको अभावले नै नेपालमा स्थिर तथा समक्ष नेटवर्कको सेवा प्रदान गर्न ठुलो चुनौती देखिने सुबिसुले जनाएको छ ।
नेपालभरका घरघरमा ब्रोड ब्याण्डको पुर्वाधार विकास गर्नकालागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले(एनटीए) देशमा संचालित टेलिकम अपरेटरर्स तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.