२०७४ माघ १८ गते १०:१७ विकासन्युज
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिहीबार बाँडफाँड भएको छ ।
आवेदन दिने मध्ये ६५ हजार ९५६ जनाले मात्र १० कित्ताका दरले एफपीओ पाएका छन् ।
यी मध्ये ५ जनाले ११ कित्ता एफपीओ पाएका छन् । ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन भएको थियो ।
कुल आवेदक मध्ये १ लाख ८६ हजार ४७५ आवेदन छनौट भएका थिए । माग भन्दा ५.७४ गुणा आवेदन परेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.