२०७४ माघ २१ गते १०:२४ विकासन्युज
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसनले कालोबजारी तथा ठगी नगरेको स्पष्ट पारेको छ । एसोसियसनले विज्ञप्ति प्रकाशित गरेर आर्थिक ऐन अनुसार बिक्रि मूल्य प्रत्येक चार।चार महिनामा प्रकाशित गर्दै आएको बताउँदै भनेको छ–एसोसियसनका कुनै पनि सदस्यले मुनाफाकै कारण कालोबजारी र ठगी गरेका छैनन् भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउँदछौं ।
प्रशासनले २०३२ सालमा बनेको कालाबजार तथा केहि समाजिक अपराध ऐनका आधारमा छानविन गरिएको भन्दै एसोसियसनले आपक्ति समेत जनाएको छ ।
एसोसियसनका सदस्यहरुको आय व्यय विवरण हेर्ने ठुला करदाता कार्यालयको अधिकार क्षेत्र रहेको र सो कार्यालयमा पेश गरिएको विवरणमा व्यवसायीले काला बजारी नगरेको पनि बताएको छ ।
अन्त शुल्क, भन्सार, मूल्य अभिवृद्धि कर, लागत खर्च, बैंकको ब्याजदर, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका आधारमा आफुहरुले सवारी साधनको बिक्रि मूल्य तय गरेको समेत एसोसियसनले स्पष्ट पारेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.