२०७४ माघ २१ गते १५:४९ विकासन्युज
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिने उक्त आधारभूत तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको आधारभूत तालिम संस्थाका मार्केटिङ्ग टिर्पाटमा कार्यरत रमेश न्यौपानेले बताएका छन् ।
कार्यक्रममा न्यौपानेले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारीका साथसाथै जिवन बीमामा गुराँस लाइफ इन्स्योरेन्सले खेलेको भुमिकाको बारेमा बताएका छन् ।
शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताएका छन् । साथै, उनले बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडी बढाउन बीमा अभिकर्ता आचारसहिंताको अक्षरशः पालना गरी कम्पनीको गरिमालाई उच्च राख्न आग्रह गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.