होण्डाले ल्यायो पौने ६ लाखको ‘एक्स्स आर १९० एल’ बिगबाइक

  २०७४ माघ २१ गते १८:५३     विकासन्युज

काठमाडौं। नेपाली बजारमा होण्डा नेपालले नयाँ ‘एक्स्स आर १९० एल’ बाइक सार्बजनिक गरेको छ । कम्पनीले बाइक पारखीहरुको मागलाई ध्यानमा दिदै उक्त बाइक नेपली बजारमा भित्र्याएको हो ।

कम्पनीको अनुसार नेपालमा बढी माग भएको डर्ट बाइक ‘एक्स आर १५० एल’ को अर्को उत्पादन ‘एक्स्स आर १९० एल’ लाई होण्डा बिगबाइक वर्ग अन्तर्गत थपेको जनाएको हो । साथै आफ्नो प्रसिद्ध होण्डा एक्स एल १८५ को उत्तराधिकारीका रुपमा उक्त बाइकलाई ल्याएको कम्पनीको भनाइ छ ।

बाइकमा फ्यूल–इन्जेक्सन रहेको नेपालको पहिलो अफ–रोड मोटरसाइकल भएको कम्पनीले जानकारी दिएको छ । जसद्धारा बाइकले इन्जिनमा चाहिने मात्रामा मात्र इन्धनको आपूर्ति गर्छ । जसकारण चिसोमा पनि सजिलै स्टार्ट भई उत्कृष्ट माईलेज र पावर प्रदान गर्छ । बाइकमा ब्याक–अप किकस्टार्टका समेत उपलब्ध छ ।

बाइकको तौल १ सय २३ किलो छ । तौलको कारण चलाउन सहज हुनका साथै सुरुवाती पिक–अप पनि उत्कृष्ट रहने बताइएको छ । फ्यूल इण्डिकेटर, १२ लिटर फ्यूल ट्यांक, हाई ग्राउण्ड क्लेरेन्स, सबै उचाइका चालकहरुका लागि उपयुक्त सिट लगातय बाइकको विशेषताहरु छन् । सहज र सरल रुपममा मर्मत–संभार गर्न सकिने उक्त बाइकको सुरुवाती मूल्य रू. ५ लाख ७० हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.