एसियन लाइफ इन्स्योरेन्सले फागुन १३ देखि ४० करोड २७ लाखको हकप्रद निष्कासन गर्दै

  २०७४ माघ २३ गते ९:४६     विकासन्युज

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन बन्द चैत १८ गते हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् ।

हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्तापुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्तापुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.