एलआईसीको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट नियुक्त

  २०७४ माघ २५ गते १८:४५     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी)को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

उक्त नियुक्ति सम्बन्धि सम्झौता पत्रमा एलआईसीको तर्फबाट कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र एसबीआई मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश घिमिरेले बिहीबार हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात इन्स्योरेन्सको सेयर हस्तान्तरण तथा धितोपत्रसँग सम्बन्धित सम्पूर्ण काम बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.