२०७४ माघ २७ गते १३:३८ विकासन्युज
काठमाडौं । निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धताअनुसार रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफ्नै लगानीमा जिल्लाको सडक निर्माण कार्यलाई अगाडी बढाएका छन् ।
समृद्ध रसुवा निर्माणको मुद्धा लिएर निर्वाचनमा गएका सांसद आचार्यले सडक सञ्जालले नछोएका गाउँटोलमा बाटो पुर्याउन व्यक्तिगत लगानीमा १ करोड ७० लाख रुपैयाँका स्काभेटर र डोजर उपलव्ध गराएर सडक पुर्याउने कार्यको शुरुवात गरेका हुन ।
रसुवाको सबै ठाउँमा बाटो नपुग्दासम्म आफुले उपलव्ध गराएको स्काभेटर र डोजरले निःशुल्क सेवा प्रदान गर्ने सांसद आचार्यले बताए ।
बाटो नभएर गाउँघरमा अहिले पूननिर्माण कार्य गर्दा ढुवानीलागत बढी रहेकाले कम गर्ने उदेश्यले पनि बाटो निर्माण कार्यलाई प्राथमिताका साथ अगाडी बढाईएको आचार्यले जानकारी िदए ।
रसुवाको कालीकास्थान गाउँपालीकाको लामाटोलमा शनिबार आयोजित एक कार्यक्रममा सांसद आचार्यले स्थानिय गाउँपालीकाको अधिनमा रहने गरी स्काभेटर र डोजर हस्तान्तरण गरे।जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ ,पार्व्तिकुण्ड गाउँपालिकाको हाकु,सानो हाकु,नेसिङ लगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।
कार्यक्रममा रसुवाका प्रदेश सासंद प्रेम तामाङले आफ्नो व्यक्तिगत लगानीमा जिल्लाको विकास गर्न अगाडी सर्ने सासंद आचार्यका कारण संमृद्ध रसुवा निर्माण अभियानले छिटै सार्थकता पाउने बताए ।यसका अतिरिक्त भुकम्पबाट विस्थापित खाल्टेका विस्थापितहरुलाई एकिकृत बस्ती निर्माण गरेर पार्व्तिकुण्ड गाउँपालिकाको तिरमापूनस्थापित गर्न सासंद आचार्य लागी परेका छन् ।
यसका लागी पूननिर्माण प्रधिकरणबाट प्राविधिक लागत स्टिमेट तयार सम्पन्नभै रकम निकासा हुनेक्रममा छ । रसुवाको दुर्गम भेगका नागरिककालागी नियमितरुपमा स्वास्थ्य सेवा पुर्याउने हाललाई हप्ताको एक दिन पार्वतीकुण्ड गाउँपालिकाको गोल्जुङबाट यो सेवा शुरु गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.