२०७४ फागुन १५ गते १८:१५ विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मनहरी शाखाले जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका कक्षा ११ मा अध्ययरत खड्कालाई उक्त सहयोग गरेको हो ।
त्यसैगरि, बैंकको नारायणगढ शहिदचोक शाखाले देवघाटधाम स्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिकतथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.