२०७४ चैत १ गते १४:३० विकासन्युज
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकैदिन थप ९ वटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी सो मात्राको कार्यालयबाट ग्राहकलाई बीमा सुविधा दिने भएको छ ।
कम्पनीले आजबाट सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो । त्यसैगरी कम्पनीले चितवनको टांढी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याएको हो ।
कम्पनीले बीमा सेवाको पहुँचलाई देशका ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्देश्यका आफ्नो सेवालाई विस्तार गरेको हो । कम्पनीका सञ्चालक पद्म ज्योतितथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरास्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय विस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.