२०७४ चैत १ गते १४:५३ विकासन्युज
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले बुधबारदेखि गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप कम्पनीले सो स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखा बैंकको ९६औं शाखा हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.