सेञ्चुरी बैंकले विभिन्न २० वटा शाखाबाट ३६५ दिने बैंकिङ्ग सेवा दिँदै, कँहा कँहाबाट दिँदै छ ?

  २०७४ चैत ७ गते १६:४२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विभिन्न २० वटा शाखाबाट ३६५ दिने नगद कारोबार सुविधा दिने भएको छ । बैंकले चैत १० गते सार्वजनिक बिदाको दिनदेखि लागु हुने गरी विभिन्न स्थानबाट उक्त सुविधा दिँदै छ ।

बैंकले पुतलीसडक, टिकापुर, बिराटनगर, इटहरी, धरान, विर्तामोड, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, धुलिखेल, न्यूरोड, मानभवन, सामाखुसी र कोटेश्वर शाखाबाट बिदाको दिन पनि नगद कारोबार सुविधा दिन लागेको हो । यस अघि बैंकले सार्वजनिक बिदाको दिन प्रधान कार्यालय पुतलीसडक तथा टिकापुर शाखाबाट मात्रै नगद कारोबारको सुविधा दिँदै आएको थियो ।

साथै, बैंकले ९ वटा कार्यलयहरुबाट ३६५ दिने लकरको सुविधा समेत उपलब्ध गराउने भएको छ । बैंकले पुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड र मानभवनबाट आफ्ना ग्राहकहरुलाइै लकर सुविधा प्रदान गर्दै छ ।

हाल बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरि जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.