१७ ब्राण्डका मदिरा उत्पादक युनाईटेड स्प्रिट्स्को सेयर स्वामित्व फेरियो, कारोबार रकम गोप्य

  २०७४ चैत १५ गते ८:५६     विकासन्युज

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ ।

उक्त कम्पनीको सेयर कारोबारको मूल्य भने गोप्य राखिएको छ ।

उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ । युवा उद्यमी तुलाधर स्व. भक्तविर सिंह तुलाधरका छोरा हुन् । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसंगको व्यवसायीक साझेदारको रुपमा ४० बर्षअघि सो व्यवसाय शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.