२०७४ चैत १६ गते १६:०० विकासन्युज
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताए । मुलुकको वर्तमान आर्थिक अवस्थाको सम्बन्धि स्वेतपत्र जारी गर्दै उनले मुलुकमा उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन् ।
‘व्याप्त राजनीतिक संक्रमण र सोको उपजका रुपमा रहेको बन्द, हड्तालका कारण उद्योगहरु बन्द अवस्थामा पुगेको थियो,’ उनले भने ‘मुलुक विना औद्योगिकिकरणको अवस्थाबाट गुज्रिरहेको छ ।’ कुल ग्रार्हस्थ्य उत्पादमा(जीडीपी) औद्योगिक उत्पादको हिस्सा २० वर्ष अघि करिब १० प्रतिशत रहेकोमा हाल आएर ६ प्रतिशतभन्दा कममा सिमित भएको उनले जानकारी दिए ।
पछिल्लाे सममयमा विद्युत आपूर्तिमा सहज भएपनि कारोबार लागत बढ्नु, बजार विकास नहुनु लगायतको कारण प्रतिस्पर्धी क्षमतामा ह्रास आएको उनको भनाइ । उनका अनुसार अहिले पनि अधिकांश स्थापना भएका उद्योहरु बन्द या घाटामा गइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.